काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
सुन आज तोलामा १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।



