काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै कर्णाली याक्स विजयी भएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भउको पहिलो खेलमा १२८ रनको लक्ष्य पछाएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउँदै १२३ रन बनाउँदै अलआउट भएको हो ।
लुम्बिनीका लागि टम मुर्सले ३६ रन बनाए भने सन्दीप जोराले २४ र कप्तान रोहितकुमार पौडेल १० रन जोडे । ओपनरद्वय आशुतोष घिरैया १६ र अर्जुन साउद १३ रन बनाएर आउट भए ।
कर्णालीका लागि जिशान मक्सुदले २ तथा कप्तान सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।
कर्णालीका लागि विलियम बोसिस्टोले ४४ रन बनाए भने अर्जुन घर्तीले २५ रन जोडे । बाबर हायातले २० रन बनाउदाँ च्याडविक वाल्टनले १३ रन बनाए ।
लुम्बिनीका विकास आग्रीले ३, तिलक भण्डारी २ तथा रामोन सिमन्ड्स, साद बिन जफर र रोहित कुमार पौडेलले १–१ विकेट लिए ।



