काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयकाअनुसार पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरिएको हो ।
पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।




