काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
शुक्रबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी दोस्रो खेलमा चितवन राइनोजविरुद्ध विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
चितवनले आजको खेल जितेमा विराटनगर प्लेअफ दौडबाट बाहिरिनेछ भने विराटनगरले जितेमा प्लेअफमा जाने झिनो आशा बाँकी नै रहनेछ ।



