काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।
शुक्रबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी दोस्रो खेलमा टस जितेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको हो ।
विराटनगरका लागि बासिर अहमदले ६८ रन बनाए भने ओपनर मार्टिन गप्टिलले ४५ रन जोडे । राजेश पुलामीमगरले ३३ रन बनाए ।
चितवनका लागि रिजन ढकालले दुई तथा कप्तान कुशल मल्ल, सोहेल तानबिर र बासिल अहमदले एकरएक विकेट लिएका छन् ।



