शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
मंसिर २८, २०८१ शुक्रबार
  • 292
    SHARES
  • गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् पद तथा गोपनीयताको शपथ

    काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् । 

    images

    नेपाली कांग्रेसको समानुपातिकतर्फबाट निर्वाचित थापालाई प्रदेशसभा सचिवालायमा आयोजित एक कार्यक्रमका बीच सभामुख कृष्णप्रसाद धितालले शपथग्रहण गराएका हुन् ।

    प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि रिक्त भएको पदमा बन्दसूचीमा रहेका नामबाट क्रमअनुसार पार्टीको सिफारिसमा थापा निर्वाचित बनेकी हुन् । श्रवणशक्ति गुमेका कारण अरुले बोलेको सुन्न नसक्ने थापाले गण्डकी प्रदेशसभामा अपाङ्गता भएको व्यक्तिहरुबाट समेत प्रतिनिधित्व गर्नेछिन् ।

    images

    शपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले अपाङ्गता भएका व्यक्ति र आवाजविहीनको लागि नीति, नियम र योजना बनाउन लाग्ने बताइन् ।

  • सम्बन्धित विषय:

  • # सुनिता थापा