काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) शनिबार पनि दुई खेल हुदैछ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन्।
यो खेल बिहान ९ बजे सुरु हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन्। दुवै टोलीले प्ले अफको स्थिति सुदृढ बनाउनको लागि जित आवश्यक पर्नेछ ।
दोस्रो खेलमा चितवन र जनकपुर भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ।



