शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएलमा आज दुई खेल:पहिलो खेलमा काठमाडौं गुर्खाज र विराटनगर किंग्स खेल्दै

एक्सप्रेस पाना
मंसिर ३०, २०८१ आइतबार
  • 335
    SHARES
  • एनपिएलमा आज दुई खेल:पहिलो खेलमा काठमाडौं गुर्खाज र विराटनगर किंग्स खेल्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबार दुई खेल हुँदैछ।

    images

    आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र विराटनगर किंग्स खेल्दैछ। 

    आजको खेल काठमाडौंका लागि महत्त्वपूर्ण छ। अंक तालिकामा पाँचौं स्थानमा रहेको काठमाडौंलाई प्लेअफ सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्नेछ। विराटनगर यसअघि नै लिगबाट बाहिरिसकेका छ। आजको खेलमा काठमाडौं विजयी भए काठमाडौंको सम्भावना रहन्छ। पराजित भएको खण्डमा प्लेअफमा जाने टोलीको आजै टुंगो लाग्नेछ।

    images

    दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन्।

    जनकपुर तालिकाको शीर्ष स्थानमा छ।  दुई खेल बाँकी रहेको सुदूरपश्चिम दोस्रो स्थानमा छ। तेस्रो स्थानमा चितवन र चौथोमा कर्णाली छ।

  • सम्बन्धित विषय:

  • # एनपिएल
  • # काठमाडौं गुर्खाज
  • # विराटनगर किंग्स