शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल :विराटनगर किंग्सलाई हराउँदै काठमाडौंको रोमाञ्चक जित

एक्सप्रेस पाना
मंसिर ३०, २०८१ आइतबार
  • 445
    SHARES
  • एनपीएल :विराटनगर किंग्सलाई हराउँदै काठमाडौंको रोमाञ्चक जित

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई हराउँदै काठमाडौं गुर्खाजले जित निकालेको छ । 

    images

    आइतबार कीर्तिपुरका त्रिवि मैदानमा भएको पहिलो खेलमा विराटनगर किंग्सलाई १ विकेटले हराउँदै काठमाडौंले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको हो ।

     १ सय १८ रनको लक्ष्य पछाएको काठमाडौं गुर्खाजले १८.१ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । जितसँगै ८ अंक भएको काठमान्डु अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । 

    images

    काठमाडौंका लागि प्रतिक श्रेष्ठले ३९ रन बनाउँदा शंकर रानाले १६ रन जोड्दा दीपेश कँडेल पनि ११ रनमा अविजित रहे । रासिद् खानले १४ रन जोडे।

    विराटनगरका सन्दीप लामिछानेले ३ तथा अनिल खरेल, वसिर अहमद र क्रिस सोलले समान २ विकेट लिए । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा ११७ रनमा अलआउट भएको थियो।

    विराटनगरका लागि राजेश पुलामीले २५ रन बनाउँदा दिपक बोहराले २० रन जोडे । 

    काठमाडौंका लागि गेहार्ड इरास्मसले ३, दीपेश कंडेलले २ तथा साहाब आलम, करण केसी र राशिद खानले १–१ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # विराटनगर किंग्स
  • # काठमाडौं गुर्खाज