काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।
आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने दोस्रो खेलमा पोखराले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
पोखरा प्लेअफको दौडबाट बाहिरिसकेको छ भने सुदूरपश्चिम प्लेअफ नजिक छ । त्यसकारण पनि सुदूरपश्चिमको लागि आजको जित महत्वपुर्ण रहेको छ ।



