काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो खेलमा सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि आरिफ शेखले ४२ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २० रन बनाए ।
ब्राण्डन म्याकमुलनले २३ रन जोडे भने विनोद भण्डारीले १४ र हर्मित सिंहले १३ रनको योगदान गरे ।
पोखरा एभेन्जर्सका लागि कुशल भूर्तेलले २ तथा रेमन रेफर, सागर ढकाल र माइकल लिस्कले १–१ विकेट लिए ।



