शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएल:सुदूरपश्चिमसंग हारे पनि प्लेअफमा पुग्यो कर्णाली

एक्सप्रेस पाना
पौष १, २०८१ सोमबार
  • 311
    SHARES
  • एनपिएल:सुदूरपश्चिमसंग हारे पनि प्लेअफमा पुग्यो कर्णाली

     काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)मा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सले शानदार जित दर्ता गरेको छ ।

    images

    १ सय २ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । 

    सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाउँदा इशान पाण्डेले ३८ रन बनाए ।

    images

    सुदूरपश्चिम रोयल्ससँग हारे पनि कर्णाली प्लेअफमा पुगेको छ । यससँगै काठमाडौं गुर्खाजको एनपीएल यात्रा समाप्त भएको छ ।

    सुदूरपश्चिमले १२.२ ओभरमा कर्णालीमाथि जित हासिल गरेको भए काठमाडौं गुर्खाज शीर्ष चारमा रहेर प्लेअफ पुग्ने समीकरण थियो ।

    तर, सुदूरपश्चिमले १२.२ ओभरमा तीन विकेट गुमाएर ७२ रन मात्रै बनाएपछि कर्णाली रनरेटमा माथि रहँदै प्लेअफमा पुग्न सफल भएको हो ।

    योसँगै एनपिएलको प्लेअफमा पुग्नै चार वटै टोलीको टुंगो लागेको छ । प्लेअफमा सुदूरपश्चिम, जनकपुर, चितवन र कर्णाली पुगेका छन् ।

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # प्लेअफ