शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पूर्वमेयर सिंहको शोकमा तीन दिनसम्म आधा झण्डा झुकाउने कांग्रेसको निर्णय

एक्सप्रेस पाना
पौष १, २०८१ सोमबार
  • 303
    SHARES
  • पूर्वमेयर सिंहको शोकमा तीन दिनसम्म आधा झण्डा झुकाउने कांग्रेसको निर्णय

    काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    images

    सोमबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

    त्यस्तै, पौडेलका अनुसार भोलि (मंगलबार) पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ ।

    images

    पार्टीले आजदेखि १३ दिनसम्म देशका सबै कार्यालयमा शोक पुस्तिका राख्ने र तेह्रौं दिनमा काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

    सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको हो ।

    पीएल सिंह २०४९ सालको स्थानीय तह निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # पीएल सिंह