शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आज एनपीएलमा विश्राम,बुधबार क्वालिफायर र एलिमिनेटर

एक्सप्रेस पाना
पौष २, २०८१ मंगलबार
  • 416
    SHARES
  • आज एनपीएलमा विश्राम,बुधबार क्वालिफायर र एलिमिनेटर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफ समीकरण पूरा भएसँगै आज (मंगलबार) कुनै खेल तालिका राखिएको छैन । आजको विश्रामपछि भोलि (बुधबार)देखि प्लेअफका खेल हुनेछन् ।

    images

    सोमबार लिग चरणको अन्तिम खेल सकिएसँगै क्वालिफायर र एलिमिनेटरमा प्रतिस्पर्धा गर्ने टोलीको छिनोफानो भएको थियो ।

    बुधबार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । क्वालिफायरमा जित हासिल गर्ने टोलीले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोलीले भने दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    images

    यस्तै, एलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । क्वालिफायर बिहान ९ बजे सुरु हुनेछ भने एलिमिनेटर दिउँसो १ बजे सुरु हुनेछ । दुवै खेल बुधबार नै हुनेछन् ।

    शनिबार एनपीएलको फाइनल खेल हुनेछ । 

     

  • सम्बन्धित विषय:

  • # एनपीएल