काठमाडौं । सहकारी रकम अपचलनको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार आठौँ पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ।
सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन अध्ययनका लागि समय लाग्ने भएकोले आज थप ४ दिनको म्याद थपका लागि लामिछानेलाई अदालतमा पेश गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
६१ दिनदेखि प्रहरी हिरासतमा रहेका लामिछानेको सम्भवतः आज अन्तिम पटक म्याद थपिने छ।
अभियोजनको तयारीमा रहेको सरकारी वकिल कार्यालयले पुस ६ गतेभित्र जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराउनुपर्ने कानूनी प्रावधान छ।
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन कास्की प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको हो। जसमा ३७ जना फरार छन् भने १४ जना मात्रै पक्राउ परेका छन्। ५१ जनाविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरिएको छ।



