शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:इलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्स खेल्दै

एक्सप्रेस पाना
पौष ३, २०८१ बुधबार
  • 330
    SHARES
  • एनपीएल:इलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्स खेल्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज प्लेअफको इलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्स खेल्दै छन् । 

    images

    प्रतियोगिताको लिग चरणमा चितवनले तेस्रो र कर्णालीले चौथो स्थान सुनिश्चित गर्दै प्लेअफ यात्रा तय गरेका हुन् । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

    आजको खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । आज जित निकाल्ने टिमले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्समध्ये पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

    images

    दिउँसो १ बजे पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम र दोस्रोको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायर खेलको विजेता टोलीले स्वतः फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ ।

     

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # चितवन राइनोज
  • # इलिमिनेटर