काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज प्लेअफको इलिमिनेटरमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने इलिमिनेटरमा चितवनले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
आजको खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ ।



