शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनसेल उत्कृष्ट करदाताका रूपमा सम्मानित

एक्सप्रेस पाना
पौष ३, २०८१ बुधबार
  • 220
    SHARES
  • एनसेल उत्कृष्ट करदाताका रूपमा सम्मानित

    काठमाडौं । एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ ।

    images

    गत आर्थिक वर्षमा संस्थागततर्फ सबै भन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मंगलबार एनसेलललाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रूपमा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रममाझ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए ।

    images

    सबै भन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्‍याएकोले उच्च कदर गर्दै एनसेललाई यो सम्मान पत्र प्रदान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रूपमा स्थापित रहँदै आएको छ ।

    यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको विभिन्न सम्मान पाइसकेको छ । एनसेलले स्थापनाकालदेखि गत आ.व. २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरूमा रु ३०० अर्ब भन्दा बढी तिरिरहेको छ।

    गत आ.व.मा मात्रै कम्पनीले रु २०.३० अर्ब कर तथा शुल्कहरू सरकारलाई दाखिला गरेको छ । यसै गरी कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रु २ अर्ब भन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदाय स्तरसम्म पुगेर देशभरका १ करोड ३० लाख भन्दा बढी जनसंख्यालाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा लाभ प्रदान गरेको छ ।

  • सम्बन्धित विषय:

  • # एनसेल