शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

एक्सप्रेस पाना
पौष ३, २०८१ बुधबार
  • 344
    SHARES
  • एनपीएल:चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा  चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स विजयी भएको छ ।

    images

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

    यो संगै चितवन राइनोजको एनपिएलको यात्रा रोकिएको छ ।

    images

    १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो ।

    चितवनका लागि रवि बोपाराले ५३ रन बनाउँदा कप्तान कुशल मल्लले २१, विपिन रावलले १८ र लुक बेन्केन्सटाइनले १६ रन बनाए । कर्णालीका लागि जिशान मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए ।

    त्यस अघि टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। 

    कर्णालीका लागि जयकिशन कोसावाला र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । जयकिशनले ५३ रन बनाउँदा बोसिस्टो ५२ रन बनाएर आउट भए । च्याडविक वाल्टनले भने अविजित ४६ रन बनाए ।

    चितवनका लागि भने सोहेल तनवीरले २ तथा कुशल मल्ल, शरद भेषवाकर र रवि बोपाराले १–१ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # चितवन राइनोज