काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हिरासत भित्रको तस्वीर रास्वपा कै समर्थक डा.निकोलस भुसाल आफैले खिचेको बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल लामिछानेको तस्वीर वास्तविक नै रहेको उनको दाबी छ । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी पनि मागेका छन्
उनले सामाजीक सञ्जालमा लेखेका छन्,"फोटो रियल हो मैले नै खिचेको हो । गल्ती भएको हो माफी चाहन्छु, । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिएँ ।"
डा.भुसालले दुई दिनअघि नै यो फोटो फेसबुकमा राखेका थिए र पछि डिलिट गरेका थिए ।
बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले फोटो फेसबुकमा राखेपछि भाइरल भइरहेको छ ।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रास्वपा सभापति लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।



