काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)को दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।
बिहिबार टियु क्रिकेट मैदानमा हुने खेलमा जनकपुरले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेका हुन् ।
कर्णालीले बुधबारको इलिमिनेटर खेलमा चितवन राइनोजलाई हराएको थियो । जनकपुर भने सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।



