शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू–१९ महिला एसिया कप:नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्ध

एक्सप्रेस पाना
पौष ४, २०८१ बिहीबार
  • 307
    SHARES
  • यू–१९ महिला एसिया कप:नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्ध

    काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाको कारण रद्ध भएको छ ।

    images

    बिहिबार टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले पहिलो ओभरमा एक विकेट गुमाउदै एक रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएको थियो । 
    खेल रद्ध भएसँगै दुवै देशले एक एक अंक बाँडेका छन् ।

    सुपर फोरमा भारतको २ खेलमा ३ अंक रहेको छ र शिर्ष स्थानमा छ भने नेपाल २ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । 

    images

    नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो । भारत र पाकिस्तान जस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो ।

    भारत विरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला एसिया कप
  • # वर्षा