शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेको हिरासतको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाहीमा ल्याउन गृहमन्त्रीको निर्देशन

एक्सप्रेस पाना
पौष ४, २०८१ बिहीबार
  • 355
    SHARES
  • रवि लामिछानेको हिरासतको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाहीमा ल्याउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र पाटी(रास्वपा)का सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई छानविन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन दिएका छन् ।

    images

    बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई हिरासतमा रहेका रवि लामिछानेको तस्वीर सार्वजनिक भयो भनिएको विषयमा यथार्थ छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

    बुधबार साँझ सामाजिक सञ्जाल हिरासत भित्रको तस्बीर भन्दै सार्वजनिक भएपछि गृहमन्त्रालयले त्यसको यथार्थ छानविन गर्न प्रहरीलाई निर्देश गरेको जनाएको छ ।

    images

    मन्त्री लेखकले उक्त तस्बीरको विषयमा छानविन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए । गृहमन्त्री लेखकले भने, ’यो विषयमा छानविन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु ।’ हिरासतमा रहेको दाबी गरिएको तस्बीरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।’

    यता लामिछाने हिरासतमा सुतेको तस्वीर डा. निकोलस भुसालले आफुले कास्की प्रहरीको सिसिटिभी स्क्रिनबाट खिचेको बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # रमेश लेखक
  • # गृहमन्त्री