शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएलको फाइनल खेलको सबै टिकट सोल्ड आउट

एक्सप्रेस पाना
पौष ५, २०८१ शुक्रबार
  • 505
    SHARES
  • एनपीएलको फाइनल खेलको सबै टिकट सोल्ड आउट

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलको सबै टिकट सोल्डआउट भएका छन् ।

    images

    शनिबार(भोली) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलका लागि भीआईपी र साधारण दुवै प्रकारका टिकटहरू सोल्डआउट भइसकेका हुन् । 

    टिकट खुला भएको केही समयमै सबै टिकट बिक्री भएको खल्ती वालेटले जनाएको छ । खल्ती जारी एनपीएलको अनलाइन टिकेटिङ पार्टनर हो ।

    images

    भौतिक टिकट नहुने भएकाले बाँकी दर्शकलाई टेलिभिजन तथा डिजिटल प्लेटफर्ममा हेर्न अनुरोध गरिएको छ ।

    फाइनल खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच मध्यान्ह १२ः३० देखि सुरु हुनेछ ।

  • सम्बन्धित विषय:

  • # एनपीएल
  • # सोल्ड आउट