काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।



