शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

एक्सप्रेस पाना
पौष ५, २०८१ शुक्रबार
  • 252
    SHARES
  • प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले बिदाइ भेट गरेका छन् ।

    images

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधरीलाई धन्यवाद दिए ।

    प्रधानमन्त्री ओलीले बङ्गलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गरे भने राजदुत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराए ।

    images

    भेटमा दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए । राजदूत चौधरी सरुवा भइ नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारी छन् ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली