काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल हुदैछ ।
खेल आज अपराहन्न १२ः १५ बजेदेखि शुरु हुनेछ । फाइनलमा सुदूरपश्चिम रोयल्स र र जनकपुर बोल्ट्स भिड्दै छन् ।
लिग चरणमा सुदूरपश्चिमपश्चिम रोयल्सले जनकपुर बा्ल्ट्सलाई ७२ रनले पराजित गरको थियो भने पहिलो क्वालिफायरमा सुदूरपश्चिमले ८ विकेटले जनकपुरलाई पराजित गरेको थियो ।
प्रतियोगितामा उत्कृष्ट लयमा रहेको सुदूरपश्चिमको मनोबल उच्च रहेको छ । विनोद भण्डारी, कप्तान समेत रहेका दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, आरिफ शेख, नरेन साउदले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्यस्तै विदेशी खेलाडीमा बलर स्कट केग्गेलिन, सैफ अली जैब, ब्राण्डन म्याकुलम र हर्मित सिंहले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
यता जनकपुर बोल्ट्स भने न्यूजील्याण्डका जिम्मी निशाममाथि बढी भरपरेको छ । जनकपुर नियमित कप्तान अनिल शाह घाइते भइसकेपछि ब्याकफुटमा पुगेको देखिएको छ । ललित राजबंशी, शेर मल्ल, किशोर महतोले जनकपुरलाई फाइनलसम्म पुर्याउन योगदान दिएका छन् भने विदेशी खेलाडीमा निशाम बाहेक हर्ष ठाकेर, मोहमद मोशिनले राम्रो योगदान गरिरहेका छन् ।
लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहेका सुदूरपश्चिम र जनकपुरबीचको फाइनल खेल रोमाञ्चक हुने देखिएको छ । आज विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने छन् भने उपविजेताले ५१ लाख पुरस्कार पाउने छन् ।



