काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन् ।
दीपेन्द्रले ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन् । उनले प्रतियोगितामा ९ खेलमा २२७ रन बनाए भने ९ विकेट लिए।
सारडा समूहले एनपीएलकै उत्कृष्ट हुने नेपाली खेलाडीलाई ओमोडा ई५ कार दिने घोषणा गरेको थियो। उक्त कार दीपेन्द्रले पाएका हुन्।
अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन् । एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।



