शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछाने विरूद्धको मुद्दा अदालतमा पेश

एक्सप्रेस पाना
पौष ७, २०८१ आइतबार
  • 317
    SHARES
  • रवि लामिछाने विरूद्धको मुद्दा अदालतमा पेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको मुद्दा कास्की जिल्ला अदालतमा पेश भएको छ।

    images

    आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा पेश गरेको हो।

    सरकारी वकिल कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा लामिछाने सहित पूर्वडिआइजी छविलाल जोशी,लिला पछाई,कृष्ण गुरूङ लगायतविरूद्ध मुद्दा दर्ता गर्न लागेको हो।

    images

    यसअघि शुक्रबार सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा जिबी राईसहित १९ जनाविरूद्ध पुरक अभियोग दर्ता गरेको थियो ।

    सहकारी ठगी प्रकरणमा लामिछानेलाई गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट प्रहरीले पक्राउ गरेको थियो 

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने