शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रविसहित ४ जना बयानका लागि अदालतमा उपस्थित

एक्सप्रेस पाना
पौष ९, २०८१ मंगलबार
  • 294
    SHARES
  • रविसहित ४ जना बयानका लागि अदालतमा उपस्थित

    काठमाडौं । रवि लामिछानेसहित ४ जनालाई बयानका लागि अदालतमा उपस्थित गराइएको छ ।

    images

    मंगलबार कास्की जिल्ला अदालतमा रविसहित छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।

    आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले उनीहरूको बयान भइरहेको छ ।

    images

    हिजोबाट छविलाल जोशीको बयान सुरु भएको छ । उनको बयान सकिएपछि अन्यको बयान हुने बताइएको छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरु भएको हो ।

    अब राईकै इजलासले रविसहितका प्रतिवादीहरूलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ ।

     

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने