काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् ।
मंगलबराको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् ।
सहकारी रकम अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि सोमबार संसद सचिवालयले प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको छ ।



