शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूतबिच शिष्टाचार भेटवार्ता

एक्सप्रेस पाना
पौष ९, २०८१ मंगलबार
  • 325
    SHARES
  • प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूतबिच शिष्टाचार भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीबिच शिष्टाचार भेटवार्ता भएको छ । 

    images

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरू व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।

    प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

    images

     

  • सम्बन्धित विषय:

  • # राजदूत
  • # प्रधानमन्त्री