शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कजाकिस्तानमा ६७ जना सवार यात्रुवाहक विमान दुर्घटना

एक्सप्रेस पाना
पौष १०, २०८१ बुधबार
  • 398
    SHARES
  • कजाकिस्तानमा ६७ जना सवार यात्रुवाहक विमान दुर्घटना

    काठमाडौं । कजाकिस्तानको अकताउ सहरमा ६७ जना सवार यात्रुवाहक विमान दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा केही हताहत भएको हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।

    images

    स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए । विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।

    अजरबैजान एयरलाइन्सको तर्फबाट यस विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताइएको छ । 

    images

    घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • # कजाकिस्तान