शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जना मनोनित

एक्सप्रेस पाना
पौष ११, २०८१ बिहीबार
  • 260
    SHARES
  • कांग्रेसको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको छ ।

    images

    पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेल प्रमुख रहेको पार्टीको आर्थिक नीति तथा योजना विभागमा सदस्य थप गरेका हुन्।

    सभापति देउवाले प्रा विनय कुसियत (धनुषा), प्रा डा रश्मी राजभण्डारी (काठमाडौँ),  डा सुदन ओली  (रोल्पा), डा ईशा घर्ती (लमजुङ), डा रेवतबहादुर कार्की (ओखलढुङ्गा), डा प्रताप छत्कुली (धादिङ), डा राजेन्द्रवीर चन्द (कैलाली), अमरबहादुर रोकाय (सुर्खेत), राजकुमार त्रिपाठी (धादिङ) र होमप्रसाद घिमिरे (ललितपुर)लाई सदस्यमा मनोनयन गरेको  कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    images

  • सम्बन्धित विषय:

  • # कांग्रेस