शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको सयदिने अभियानको म्याद थपियो

एक्सप्रेस पाना
पौष ११, २०८१ बिहीबार
  • 278
    SHARES
  • कांग्रेसको सयदिने अभियानको म्याद थपियो

    काठमाडौं । नेपाली कांग्रेसले सांगठनिक गतिविधि प्रभावकारी बनाउन सुरु गरेको सयदिने अभियानको म्याद थप गरेको छ ।

    images

    केही जिल्लाहरुमा प्राकृतिक प्रकोपको असर, स्थानीय तह उपचुनावलगायतका कारणले अभियानका क्रममा गरिनुपर्ने कार्यसम्पादन पुरा नभएको भन्दै म्याद थप गरिएको हो । 

    यसअघि पुस १६ मा समापन हुने भनिएको सो सयदिने अभियानको समयावधि माघ १६ गतेसम्मका लागि तोकिएको छ ।

    images

    कांग्रेसले निर्धारित अवधिभित्रै तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबैलाई सांगठनिक रूपले गर्न/गराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन निर्देशानसमेत गरेको छ । 

    कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन२३ देखि भाद्र १६ सम्म बसेको बैठकको निर्णयअनुसार अभियान सञ्चालन गरिएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस