शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेको बयान आजपनि जारी रहने

एक्सप्रेस पाना
पौष १२, २०८१ शुक्रबार
  • 303
    SHARES
  • रवि लामिछानेको बयान आजपनि जारी रहने

    काठमाडौं । सहकारीको रकम अपचलनमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान आजपनि जारी रहने भएको छ ।

    images

    लामिछानेसँग बिहिबार न्यायाधीश नितिज राईले ३ घण्टा बयान लिएका थिए । बुधबारदेखि सुरु भएको लीला पछाईको बयान विहिबार सकिएपछि लामिछानेको बयान सुरु गरिएको हो । न्यायाधीश राईसँग लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको बयान दिएका छन् ।

    सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने र छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

    images

    लामिछानेविरुद्ध भने सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

    यसैबीच उनीलाई सांसद पदबाट पनि निलम्बन गरिएको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने