शुक्रबार, श्रावण २९ गते २०८३
images
images

डा.मनमोहन सिंहको निधनप्रति सभापति देउवाद्वारा दुख व्यक्त

एक्सप्रेस पाना
पौष १२, २०८१ शुक्रबार
  • 258
    SHARES
  • डा.मनमोहन सिंहको निधनप्रति सभापति देउवाद्वारा दुख व्यक्त

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

    images

    नेपालको असल मित्रका रूपमा सिंहले निर्वाह गरेको भूमिका स्मरण गर्दै देउवाले भारत सरकार, भारतीय जनता र दिवंगत सिंहका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

    देउवाले ट्वीट गरेका छन्  ‘भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा हामीले नेपालको असल मित्र गुमाएका छौं । म भारत सरकार, भारतीय जनता र दिवंगत सिंहका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। दिवंगत आत्माले शान्ति पाओस्,’ ।

    images

    सिंहको गएराति दिल्लीस्थित एम्स अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो। सिंह भारतको दुई कार्यकाल २२ मे २००४ देखि २६ मे २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका थिए।

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # डा. मनमोहन सिंह