शुक्रबार, आश्विन २३ गते २०८३
images

मेला महोत्सवले देशको अर्थतन्त्रलाई लयमा ल्याउन प्रत्यक्ष प्रभाव पार्छ:उपप्रधानमन्त्री सिंह

एक्सप्रेस पाना
पौष १२, २०८१ शुक्रबार
  • 264
    SHARES
  • मेला महोत्सवले देशको अर्थतन्त्रलाई लयमा ल्याउन प्रत्यक्ष प्रभाव पार्छ:उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवले देशको अर्थतन्त्रलाई लयमा ल्याउन प्रत्यक्ष रुपमा प्रभाव पार्ने बताएका छन् ।

    images

    शुक्रबार भक्तपुरमा मध्यपुर महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महोत्सवमा सबै मौलिक सामानहरु रहेको भन्दै यसबाट देशको अर्थतन्त्र पनि सुधार हुने बताएका हुन्।

    उनले काम गर्ने इच्छा भए देशभित्रै सम्भावना भएको कुरा पनि महोत्सवले देखाउन खोजेको बताए ।
     
    उनले भने, "नेपालमा नै बसेर के गर्न सकिन्छ र भन्ने खालको भाष्य नेपालमा बसेको छ । तर काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ । यसको साथै देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउनको लागि महोत्सवले धेरै ठूलो प्रत्यक्ष रुपमा प्रभाव पार्छ ।"

    images

    उनले यो महोत्सवले ठिमीभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरुलाई विश्वसामु ल्याउन सहयोग गर्ने भन्दै यो सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह