बुधबार, श्रावण १३ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालयका १४ हजार विद्यार्थी दीक्षित

एक्सप्रेस पाना
पौष १३, २०८१ शनिबार
  • 334
    SHARES
  • त्रिभुवन विश्वविद्यालयका १४ हजार विद्यार्थी दीक्षित

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् ।

    images

    शनिबार प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औं दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

    त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफीलका ६३ र विद्यावारिधि (पीएचडी)का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।

    images

    त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # दीक्षित