शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सदस्यता नै खोसेपछि विकल्प खोज्न बाध्य भएँ:भीम रावल

एक्सप्रेस पाना
पौष १७, २०८१ बुधबार
  • 377
    SHARES
  • सदस्यता नै खोसेपछि विकल्प खोज्न बाध्य भएँ:भीम रावल

    काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले एमालेको केपी शर्मा ओली गुटले आफूलाई पार्टीबाट निष्कासन गरेको आरोप लगाएका छन् । 

    images

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले एमालेको केपी ओली गुटले कारबाही गरेर पार्टीबाट निकाल्दै सदस्यता नै खोसेपछि आफू विकल्प खोज्न बाध्य भएको बताएका हुन् ।

    उनले भने,"मलाई एमालेले होइन, केपी ओली गुटले कारबाही गरेर पार्टीबाट निकाल्दै सदस्यता नै खोसिदियो,सदस्यता नै खोसेपछि विकल्प खोज्न बाध्य भएँ" । 

    images

    चितवनमा सम्पन्न महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकाले आफूमाथि कारबाही भएको भन्दै रावलले ओलीले पनि किन झलनाथ खनाल र माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको भन्दै प्रश्न गरे ।

    रावलले आफू पार्टी निर्माणमा निरन्तर सक्रिय हुँदै आएको दाबी गर्दै पछिल्लो समय दुरासय राखेर आफूमाथि पूर्वाग्रहपूर्ण व्यवहार ओलीले गरेको उल्लेख गरे। 

     

  • सम्बन्धित विषय:

  • # भीम रावल