काठमाडौं । नेकपा एमालेले भीम रावलले केपी ओलीमाथि लगाएको आरोप पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’मात्र भएको जनाएको छ ।
बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०७७ साल कात्तिकमा यीनै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाएको भन्दै त्यही आरोपको कपी पेस्टमात्र नेता रावलले लगाएको बताएका हुन् ।
उनले भने,"२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाउनु भएको थियो । एक किसिमले कपी पेष्ट हो । त्यसले उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भएको छ । गालीगलौजले देश बन्ने भए एक जमानामा प्रचण्ड र बाबुराम भट्टराईको डिक्स्नेरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो । रवि लामिछानेजीहरू त्यसैगरी नै उदाउनुभयो । गालीगलौजले देश बन्दैन ।’‘३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गालीगलौज अनि पौने प्यारा अभियान चलाउँछु भनिसकेपछि कुनै छलफल गरिरहनुपर्ने गम्भिर विषय लागेन । अपेक्षित नै हो यो । पार्टी त्यही कारण उहाँको सदस्यता कायम नरहने निष्कर्षमा पुगेको हो ।"



