काठमाडौं । आजदेखि सुरु भएको जय ट्रफी मेन्स एलिट कपमा मधेस प्रदेशले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
आइतबार जनकपुरस्थित रामजानकी मल्टिपर्पस ग्राउण्डमा सुरु भएको खेलमा मधेस प्रदेशले बागमती प्रदेशविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
यस्तै, वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीविरुद्ध पहिले बलिङ गरिरहेको छ ।
खेल कुहिरोका कारण केही समय ढिलो सुरु भएको थियो ।



