काठमाडौं । जय ट्रफी एलिट कपको दोस्रो दिन त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लब १२५ रनमा अलआउट भएको छ ।
वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा पुलिस आफ्नो पहिलो इनिङ्समा ३३.१ ओभरमा १२५ रनमा अलआउट भएको हो ।
पुलिसका लागि गुल्शन झाले ४७ रन बनाउँदा अमित श्रेष्ठले १८, राशिद खानले १६, शंकर राणाले १३ रन तथता प्रेम तामाङ र दिलिप नाथले १०–१० रन बनाए ।
दोस्रो दिन आर्मीका लागि साहब आलमले ३ विकेट लिए ।
यससँगै आलमले पहिलो दिनमा ५ र दोस्रो दिनमा ३ गरी कुल ८ विकेट लिए । पहिलो दिन आर्मीका लागि सोमपाल कामी र पवन कार्कीले १–१ विकेट लिएका थिए ।



