काठमाडौं । नेपाल पुलिस क्लबविरुद्धको पहिलो इनिङमा मधेश प्रदेश १२९ रनमै अलआउट भएको छ ।
बुधबार वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा जारी जय ट्रफी मेन्स एलिट कपमा टस हारेर ब्याटिङ गरेको मधेश ४२.४ ओभरमा १२९ रनमै अलआउट भएको हो ।
मधेश प्रदेशका लागि ओपनिङ ब्याटर मयन यादवले अर्धशतकीय पारी खेले । उनले १०२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५९ रन बनाए । निरज यादवले २९ र अभिषेक तिवारीले अविजित १७ रन जोडे ।
पुलिसका लागि गुलशनकुमार झाले उत्कृष्ट बलिङ गरे । उनले १३ ओभरमा ४ मेडनसहित ४० रन दिएर सर्वाधिक पाँच विकेट लिए । यस्तै, कुशल भुर्तेलले दुई, ललित राजवंशी र श्रवन यादवले एकरएक विकेट हात पारे ।



