काठमाडौं । मधेस प्रदेशविरुद्धको पहिलो दिनको खेल सकिँदामा नेपाल पुलिस क्लबले १७४ रन बनाएको छ ।
बुधबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी जय ट्रफी एलिट कपको खेलमा पुलिसले ४० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको हो । यससँगै पुलिसले ४५ रनको अग्रता लिएको छ ।
पुलिसका लागि कुशल भूर्तेलले अर्धशतकीय पारी खेले । कुशलले ६८ बलमा १० चौका प्रहार गरेर ६३ रन बनाए भने दिलिप नाथले ४० र गुल्शन झाले २० रन बनाए । कप्तान आरिफ शेखले ३४ रन बनाउँदै अविजित रहे ।
मधेसका लागि हरिशंकर शाहले २ तथा अभिषेक तिवारीले १ विकेट लिए ।
यसअघि मधेस ४२.४ ओभरमा १२९ रनमा अलआउट भएको थियो ।



