शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेल पक्राउ

एक्सप्रेस पाना
पौष २५, २०८१ बिहीबार
  • 219
    SHARES
  • लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेल पक्राउ

    काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेल ठगीको आरोपमा पक्राउ परेका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार  पोखरेललाई बिहीबार बिहान मोरङ जिल्ला प्रहरी कार्यालय नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

    पोखरेललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया सुरु भइसकेको छ ।

    images

    पोखरेलमाथी एमबीबीएस पढ्न नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । उनीमाथि अनुसन्धान गर्न उच्च अदालत विराटनगरले निर्देशन दिएको थियो ।

    ठगीको आरोप लागेसँगै सभापति पोखरेलका स्वकीय सचिवको जिम्मेवारीबाट पोखरेललाई हटाइएको छ ।

    सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालामाथि पनि सहकारी ठगीको आरोप लागिसकेको छ । मुद्दा दर्तापछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । अदालतको आदेशअनुसार १० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेकी हुन् ।

  • सम्बन्धित विषय:

  • # ऋषिकेश पोखरेल
  • # अनिल पोखरेल