शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादनमा जोड दिनुपर्छ:मन्त्री सिंह

एक्सप्रेस पाना
पौष २५, २०८१ बिहीबार
  • 377
    SHARES
  • अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादनमा जोड दिनुपर्छ:मन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन् । 

    images

    बिहिबार तनहुँ महोत्सवमा सम्बोधन गर्दै उनले कृषकको भलाई र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका हुन् । तनहुँ जिल्लाको राजनीतिक रूपमा मात्र नभई कृषि,पर्यटन र उर्जाको क्षेत्रमापनि महत्वपूर्ण भूमिका रहेका सिंहले बताए ।

    ‘नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन हामीले उर्जालाई व्यवस्थित गर्नुपरेको छ । कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जोड दिनुपर्छ भन्नेमा दुइमत छैन, उनले भने । 

    images

    कोभिडले नेपालको अर्थतन्त्रमा असर पारेपनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएको र त्यसले रोजगारी सिर्जनासँगै अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याएको सिंहले बताए । 

    त्यस्तै उनले महोत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । 

    नेपाल न्युज बैकं

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह