शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुदैँ

एक्सप्रेस पाना
पौष २६, २०८१ शुक्रबार
  • 348
    SHARES
  • रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुदैँ

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्  ।

    images

    लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले शुक्रबार उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् । 

    अदालतबाट छुटेपछि बिहीबार प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।

    images

    कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । 

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने