शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाकिस्तान सुपर लिगको ड्राफ्टको डायमन्ड क्याटगरीमा सन्दीप लामिछाने

एक्सप्रेस पाना
पौष २७, २०८१ शनिबार
  • 331
    SHARES
  • पाकिस्तान सुपर लिगको ड्राफ्टको डायमन्ड क्याटगरीमा सन्दीप लामिछाने

    काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ‘ड्राफ्ट’को डायमन्ड क्याटगरीमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई समावेश गरिएको छ।

    images

    पाकिस्तान सुपर लिगले शुक्रबार सार्वजनिक गरेको सूचीमा सन्दीप डायमन्ड क्याटेगोरीमा रहेका हुन् । 

    यसअघि सिल्भर क्याटेगोरीमा नेपालका ६ जना खेलाडी परेका थिए । गत सोमबार सार्वजनिक भएको सूचीको सिल्भर क्याटेगोरीमा गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी समावेश गरिएका थिए।

    images

    आगामी सिजनको पीएसएलको लागि अन्तिम सूची जनवरी १३ मा सार्वजनिक हुँदैछ। पीएसएल २०२५ आगामी अप्रिल–मे महिनामा हुनेछ।

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • # पीएसएल