शुक्रबार, आश्विन २३ गते २०८३
images

थुनछेक बहस नभएकोल रवि लामिछानेलाई हिरासतमा राख्न अदालतको आदेश

एक्सप्रेस पाना
पौष २८, २०८१ आइतबार
  • 235
    SHARES
  • थुनछेक बहस नभएकोल रवि लामिछानेलाई हिरासतमा राख्न अदालतको आदेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न आदेश दिएको छ । 

    images

    आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो।

    न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हो । 

    images

    आइतबार लामिछानेको बयान सके पनि सरकारी वकिलले समय माग गरेपछि थुनछेक बहस भएको थिएन।

    लामिछानेले आफू अदालत हाजिर भएकोले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए। तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएका हुन्।

    लामिछानेलाई सुर्यदर्शन सहकारी पोखराको मुद्दामा जिल्ला अदालत कास्कीले यसअघि ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने